सीसीएमसीद्वारा कडाइ गर्न सिफारिश

काठमाडौं । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले प्रमुख शहरहरूमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी लागू गर्नसक्ने निर्णय गर्ने अधिकार दिन मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । भौतिक रूपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरू अर्काे सूचना नआउन्जेलसम्मका लागि स्थगन गरिएको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीले भारतसँगका सीमा नाकाहरूबाट विदेशी नागरिकहरूलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिश गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरूमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएपछि उक्त सिफारिश गरिएको हो । सीमा नाकामा नेपालीहरूको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमा नाकाबाट भारतीयहरू नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने सरकारी अधिकारीहरूको दाबी छ । आकस्मिकबाहेकका अन्य सेवा बन्द संक्रमितको संख्या बढेसँगै सरकारी कार्यालयहरूले आकस्मिक बाहेकका अन्य सेवा दिन छाडेका छन् । काठमाडौं उपत्यकाका तीनओटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा १ साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् । आइतवार बसेको काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको संयुक्त बैठकले कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा १ साताका लागि बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘सोमवारदेखि नै लागू हुनेगरी १ साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो,’ उनको भनाइ छ । स्थिति बिग्रन लागेको प्रधानमन्त्रीलाई रिपोर्टिङ संक्रमितको गति उच्च गतिमा बढ्दै गएको र अस्पतालहरूले धान्नै नसक्ने अवस्था आउन लागेको सरकारी मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ गरेका छन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्थिति भयावहतर्फ उन्मुख हुन लागेकोबारे समेत पार्टीभित्र गम्भीर छलफल भएको बताए । बैठकमा सहभागी ज्ञवालीका अनुसार नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्नेछ । उनका अनुसार सीसीएसी बैठकमा भएका निष्कर्षहरूका बारेमा समेत पार्टी बैठकमा छलफल भएको थियो । ‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर, समस्या यही रूपमा अगाडि बढ्दै गयो भनेचाहिँ हामीलाई कठिन पर्न सक्छ,’ उनले भने । पार्टीको बैठकमा कोरोना महामारीविरुद्धको अभियानमा परिचालित हुन पनि प्रधानमन्त्री ओलीले सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको उनको भनाइ छ । रकमान्तर गरेर भए पनि नागरिकको ज्यान बचाऊ कोरोना भयावह हुन थालेको निष्कर्ष निकाल्दै सांसद्हरूले बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरीब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो । नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको माग थियो । जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरबाही गरिरहेको आरोप लगाए । सरकार आफैले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवको टिप्पणी छ । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारको मातहतमा रहेको अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिन्डर किन्नका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिरहेको औंल्याए ।

सम्बन्धित सामग्री

निकुञ्जको सुरक्षामा कडाइ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो। दसैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो। तिहार, छठजस्ता पर्वको समयमा समेत सुरक्षामा कडाइ गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ। तत्काल परिचालन हुनका […]

जलविद्युत्को लाइसेन्स बिक्रीमा कडाइ

सरकारले जलविद्युत् आयोजनाहरूको अध्ययन तथा उत्पादनको लाइसेन्स बिक्री गर्न कडाइ गरेको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ को चौथो संशोधन गर्दै यसमा कडाइ गरेको हो । अब लाइसेन्स पाएका...

सवारी चेकजाँचमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ।...

सहकारीलाई घरजग्गामा लगानी गर्न कडाइ

बागमती प्रदेश सरकारले सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी गर्न कडाइ गरेको छ । पछिल्लो समय सहकारीहरू धमाधम समस्याग्रस्त घोषणा हुन थालेपछि प्रदेशले नियमनमा कडाइ गर्दै घरजग्गातर्फको लगानीमा सीमा नै तोकिदिएको हो ।  बागमती प्रदेशले...

सीमानाकामा कडाइ गर्ने निर्णय

कञ्चनपुरस्थित नेपाल–भारत सीमानाकामा आवतजावतमा कडाइ गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिले सीमा नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको हो ।  आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

काठमाडौँ– आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो […]

अष्ट्रेलियाबाट बाहिरिनेलाई थप कडाइ

२२ साउन, काठमाडौं । अष्ट्रेलियाले आफ्नो मुलुक छाड्ने नागरिकलाई थप कडाइ गर्ने नियम ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कुनै सूचना नै नदिई अष्ट्रेलिया सरकारले मुलुक छाड्नेलाई कडाइ गर्न लागेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणको रणनीतिअनुसार गत वर्षको मार्चदेखि अष्ट्रेलियाले आफ्ना नागरिकलाई  विदेश जानबाट रोक्दै आएको छ । यो प्रतिबन्ध यसअघि नै विदेशमा […]

अनलाइन डेलिभरीमा कडाइ

काठमाडौं। निषेधाज्ञाको समयमा 'अनलाईन डेलिभरी' गर्ने कम्पनीलाई चल्न दिने भनिएपनि कडाइ गरिएको छ। निषेधाज्ञाको मापदण्डमा होम डेलिभरी र फुड डेलिभरीलाई चल्न दिने उल्लेख छ। तर, जिल्ला प्रशासन कार्यालयले होम डेलिभरीका र फुड डेलिभरीका साधनलाई चल्नबाट कडाइ गर्दै आएको छ। होम डेलिभरी व्यवसायीहरु डरारउँदै न्यून सेवा दिइरहेको बताउँछन्।

निषेधाज्ञामा आजदेखि थप कडाइ

१७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका […]

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ ।दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार […]