संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ ।दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण रोक्न चीनको सियान शहरमा थप कडाइ

१२ पुस, काठमाडौं । कोभिड-१९ का संक्रमित बढेपछि लकडाउन गरिएको चीनको सियान शहरमा थप कडाइ गरिएको छ । झण्डै १ करोड ३० लाख मानिस बसोबास गर्ने सियान शहरमा ५ दिनदेखि लकडाउन गरिएको छ । समुदायमा कोभिड प्रकोप २१ महिनायताकै खराब अवस्थामा पुगेपछि उक्त शहरमा लगाइएको लकडाउनमा थप कडाइ गरिएको द गार्जियनले जनाएको हो । सोमबार […]

अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरियन्ट देखियो, यात्रामा थप कडाइ

१७ मंसिर, काठमाडौं । अमेरिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट एकपछि अर्को राज्यमा देखिन थालेको छ । सुरुमा क्यालिफोर्नियामा देखिएको नयाँ भेरियन्ट हालसम्म पाँच राज्यमा फैलिएको छ । पछिल्लो विवरणअनासर हवाइमा नयाँ भेरियन्टका संक्रमित पुष्टि भएका छन् । हालसम्म हवाइसहित मिनेसोटा, न्युयोर्क, कोरोराडो र क्यालिफोर्नियामा गरी कुल १० जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको अमेरिकी समाचार माध्यमले जनाएका […]

काेराेना नयाँ भेरियन्ट देखिएपछि बेलायतमा थप कडाइ

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुई जनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरिएन्टको कोरोना महामारी फैलन सक्ने भन्दै बेलायतले यसअघि नै ६ […]

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।बेलायती प्रधानमन्त्री

बागलुङमा निषेधाज्ञामा थप कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

साउन २७, बागलुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।  बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ । बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतवार, बुधवार र शुक्रवार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।  जिल्लामा ६०३ सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिए ।  बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमवार सिफारिस गरेको थियो । सक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा छन् । रासस

प्रतिबन्धमा थप कडाइ : उपत्यकामा निषेधाज्ञा १ साताका लागि थप

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइका साथ १ साताका लागि थप गरिएको छ । मंगलवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बैठकले अहिले चालेका कदमहरूले अपेक्षित नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै थप कडाइका साथ निषेधाज्ञालाई जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । पसलहरूबाट भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासनहरूले पसल खुल्ने अवधि घटाएका छन् । एक सातासम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न र निर्माण सामग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । काठमाडाैं जिल्लाका प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञा थपिएको अवधिमा खाद्यान्न र किराना पसलसमेत खोल्न पाइने छैन । ‘खाद्यान्नलगायतका सामान खरीदका लागि हामीले २ दिनको समय दिएका छौं,’ उनले भने । सरकारी गाडीलगायत अन्य अनुमति पाएका गाडीका लागि पनि समय छुट्ट्याइएको जानकारी उनले दिए । ‘अत्यावश्यक कार्यालयका गाडी चल्न दिएका थियौं तर दिउँसो पनि सडकमा जाम देखियो,’ उनले भने, ‘अब बिहान ९ : ३० देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र त्यस्ता गाडी चल्न दिने निर्णय गरेका छौं ।’ बैंक तथा वित्तीय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रूपमा खुल्न दिने निर्णय भएको छ । अब वाणिज्य बैंकका तीन र विकास बैंकका दुई शाखा मात्र खुल्न पाउनेछन् । वाणिज्य बैंकका हकमा प्रधान कार्यालय र तीनओटा शाखा कार्यालय तथा विकास बैंकको हकमा प्रधान कार्यालय र २ शाखा कार्यालय मात्रै खुल्न पाउनेछन् । आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र प्रयोग गरी कार्य सञ्चालन गर्न दिने निर्णयसमेत भएको छ । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको छ । बैंकका सवारीसाधन सञ्चालनको हकमा बढीमा दुईओटा सवारी पास जारी गरी त्यसको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने नियम बनाइएको छ । यस्तै, उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कार्यालयको सेवा बन्द हुने भएका छन् । बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयसमेत बन्द गर्ने निर्णय गरेको छ । साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन् । वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा पछिल्लोपटक २ साता थपेर जेठ १३ गते रातिसम्म पुर्‍याइएको थियो । नयाँ निर्णयअनुसार अब जेठ २० गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ । सरकारले निषेधाज्ञालाई पछिल्लो समय कडाइ गर्दै गए पनि काठमाडौं उपत्यकामा संक्रमण दरमा अपेक्षित रूपमा कमी आउन सकेको छैन । मंगलवार मात्रै काठमाडौं उपत्यकामा २ हजार ६१३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले बतायो । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८६३ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जना संक्रमित थपिएको देखिन्छ । मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ३३८, भक्तपुरमा ४ हजार ९५३ र ललितपुरमा ७ हजार १५२ जना सक्रिय संक्रमित छन् ।

जनकपुरधाम उपमहानगरपालिका केही दिनलाई सिल हुने

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणको चेन तोड्न वडा/नगरपालिका सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।आइतबार बसेको नगरपालिकाको संकट व्यवस्थापन समितिको बैठकबाट सो निर्णय गरिएको हो।जनकपुर उपमहानगर क्षेत्र भित्र देखिएको लापरबाही र दिनप्रतिदिन बढ्दै गएका बिरामीको संख्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। साथै उपमहानगरपालिकाले हटस्पट क्षेत्रमा थप कडाइ गर्ने भएको छ। संक्रमित संख्या दिनहुँ बढे पनि लापरबाही भएको भन्दै थप कडाइ पारिने भएको

सुनसरीमा निषेधाज्ञामा थप कडाइ, १५ दिन औषधि पसल बाहेक सबै बन्द

इनरुवा / सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो । संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएको प्रशासनको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गतेबाट जेठ १५... The post सुनसरीमा निषेधाज्ञामा थप कडाइ, १५ दिन औषधि पसल बाहेक सबै बन्द appeared first on Purbeli News.

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, थप कडाइ गर्ने तयारी

काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तया

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ । दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्णय सार्वजनिक गर्दै सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने बताए । मास्क नलगाए १० रुपैयाँ जरीवाना गर्ने निर्णय सरकारले गरेको छ । उनका अनुसार लामो दूरीका सवारीसाधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ । गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्धजस्ता चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको छ । विवाह र व्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने आदेश जारी गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी गराए । सरकारले होटेल तथा रेस्टुराँ सञ्चालनमा पनि कडाइ गरेको छ । अब नयाँ नियमअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् । निर्धारित समयपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने समेत निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङका अनुसार सीमा नाकामार्पmत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको बताए । गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, वीरगञ्ज, काँकडभिट्टालगायत नाकामा होल्डिङ सेन्टर बनाइनेछ । भारतबाट आउनेको स्वास्थ्य त्यहीँ परीक्षण गरेर मात्रै गन्तव्यमा जान अनुमति दिइनेछ । सरकारले पूर्वनिर्धारित परीक्षाहरू भने नरोक्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी आदेश जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारू गर्ने निर्णय गरेको छ । त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरू वैशाख महीनाभर भौतिक रूपमा बन्द गर्ने तर वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने सरकारी निर्णय छ । सोमवार काठमाडौं उपत्यकामा मात्र ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा मात्रै ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।