माधव नेपालसहित ४ नेतासँग ओली पक्षले माग्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई ओली पक्षले स्पष्टीकरण सोधेको छ । पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि पत्र पठाएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार केन्द्रीय कमिटीको निर्णयअनुसार नेताहरुलाई स्पष्टीकरण सोधेर पत्र पठाएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिनुभयो । एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएको रिजालले बताउनुभयो ।

सम्बन्धित सामग्री

‘केपी ओली मेरो घरमा आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें’ : माधव नेपाल

काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् । आज (बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो स्पष्टीकरण दिएका हुन । सम्बोधनको क्रममा उनले भने,‘कमरेड केपी ओली […]

ओली र माधव नेपाल यस्तो रणनीतिमा

आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को रणनीतिमा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ।   पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ। नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै ...

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको […]

माधव पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल - माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको  प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन

सुदूरपश्चिममा ओली र नेपाल दुवै पक्षले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरे

कैलाली – सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षकाले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरेका छन् । संसदीय दलको ह्विपको अवज्ञा गरेको भन्दै माधव नेपाल समूहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात जनालाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्विप उल्लङ्घन गर्ने ती सात सांसदमाथि कानुनअनुसार कारबाही हुने बताउनुभयाे । ‘यस्तो हो...

यी हुन् स्पष्टीकरण सोधिएका एमाले नेता र सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

माधव पक्षले समयसीमाभित्रै स्पष्टीकरण बुझाउने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् । छलफलपछि नेत्री रामकुमारी झाँक्रीले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टिकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीको भनाइ छ ।

माधव नेपाल पक्षका नेताले ओलीलाई लिखित स्पष्टीकरण बुझाउने

न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका पाँच जना नेताले स्ष्टीकरण दिने भएका छन् । सोमबार ललितपुरमा भएको माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो । ओली समूहले माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र […]