यी हुन् स्पष्टीकरण सोधिएका एमाले नेता र सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

सम्बन्धित सामग्री

मैले माधवजीलाई भोलि बसौं भनेको छैन : भीम रावल

१४ पुस, काठमाडौं । एमाले नेता भीम रावलले आफ्नोबारे माधव नेपालले बोलेको टिप्पणीबारे आएका समाचार पढेर आश्चर्यचकित भएको बताएका छन् । उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्टीकरण दिए । पार्टी अध्यक्ष नेपालसँग टेलिफोनमा ३ मिनेटजति कुरा भएको भन्दै त्यति छोटो कुराकानीमा पार्टी प्रवेशको कुरा गर्न सम्भव नै नरहेको उनको भनाइ […]

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले ताप्लेजुङमा प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ । यस्तै कञ्चनपुर १ मा उम्मेदवार रहेकी बिना मगरलाई पनि आयोगले स्पष्टीकरण गरेको छ । आयोगका अनुसार भट्टराई र बिनालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । दुबै उम्मेदवारलाई सोधिएको स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरद

‘म पार्टीसँग सम्पर्क विहीन छु भन्नु हास्यास्पद’ : भिम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी समेत भएको उनले बताएका छन् । उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् । अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका […]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको  छ।   एमाले संस्थापनले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेपनि कारबाही थाती राखेर एकतामा लाग्ने निर्णय गरेसँगै दुई नेताबीच वार्ताको तयारी भएको हो । एमालेका दोस्रो तहका नेताहरुको निरन्तरको प्रयासपछि दुई नेता वार्ताका लागि राजी भएको र सकेसम्म आजै छलफल गराउने गरी तारतम्य मिलाइएको छ । एमाले नेता सुवास नेम्वाङले दुई नेता भेट्न सहमत भएको भन्दै जुनसुकै बेला वार्ता हुन सक्ने बताए । ...

फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् । स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन् । तर  संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ । ‘अहिले नेकपा एमालेका केहि सांसदले शेरबहादुर देउवालाई प्र

के आरोप लाग्यो त देउवालाई समर्थन गर्ने एमाले नेता र सांसदलाई?

काठमाडौं। नेकपा एमालेले ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। आज बसेको एमालेको स्थायी कमिटी बैठकले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन,आफ्नो सरकार गिराउन, पार्टीको प्रतिस्पर्धीको रुपमा रहेको विपक्षी दलको नेतालाई सरकारमा पुर्‍याउन गरेको गतिविधिका कारण स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।उनले भने,"पार्टी अध्यक्ष एवं संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलसँग मिलेर सरकार बनाउन गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको हो।"

के कारबाही हुन्छ त हस्ताक्षर दुरुपयोग भएका एमाले सांसदलाई?

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर दुरुपयोग भयो भन्ने नेताहरुलाई एमालेले कारबाही नगर्ने भएको छ। एमाले नेता एवं प्रमुख सचेतक विशाल भट्टराईले भने,"आन्तरिक मतभेद भएपनि उहाँहरु पार्टी एकताको पक्षमा उभिनु भएको छ। आन्तरिक छलफलबाट उहाँहरुलाई पार्टी जिम्मेवारी दिनेछ।" अन्य सांसदलाई भने स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए। सात जना सांसदले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए।

माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र […]

एमाले नेता नेपालसहित चारलाई लिखित स्पष्टीकरण : RajdhaniDaily.com -

एमाले नेता नेपालसहित चारलाई लिखित स्पष्टीकरण: RajdhaniDaily.com | काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना चार नेतालाई पार्टीहित विपरीत अनुशासनहीन काम गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ । पार्टीका -