आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को रणनीतिमा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ। नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै ...