कैलाली – सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षकाले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरेका छन् । संसदीय दलको ह्विपको अवज्ञा गरेको भन्दै माधव नेपाल समूहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात जनालाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।
एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्विप उल्लङ्घन गर्ने ती सात सांसदमाथि कानुनअनुसार कारबाही हुने बताउनुभयाे । ‘यस्तो हो...