कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापनको पत्र सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजमा छापा मारेको हो । छापा मारेर उक्त विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । पत्रिकामा विज्ञापन निकालेको कटिङ देखाउँदै ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । २००