अभिनेत्री नोरा फतेहीले ज्याकलिनविरुद्ध गरेको मानहानी उजुरीको सुनुवाइ मार्च २५ मा हुने

नयाँ दिल्लीको पटियाला हाउस कोर्टले नोरा फतेहीले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस विरुद्धको मानहानीको उजुरीको मार्च २५ मा सुनुवाइ गर्नेछ। नोरा फतेहीले हालै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस र विभिन्न मिडिया विरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । नोरा र ज्याकलिनलाई सुकेश चन्द्रशेखर र अन्यसँग संलग्न रहेको २०० करोड रुपैयाँ फिरौती प्रकरणमा धेरै अनुसन्धान एजेन्सीहरूले सोधपुछ गरेका […]

सम्बन्धित सामग्री

धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर

धनगढी- कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ । मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ । रिटमाथि […]

मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुने

मानहानी भएको भन्दै जी-बबले दिएका थिए बुबाआमाविरुद्ध उजूरी

र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै बुबाआमाले उजूरी दिएपछि चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्। आमालाई जसरी पनि पैसा चाहिएको र आफूलाई रिह्याबमा राख्दिने उनको प्लान भएको जी-बब बताउछन्।

संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु अदालतको मानहानी : शाक्य

सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासको निर्णयविरुद्ध एकल इजलासले आदेश दिनु भनेको अदालतकै मानहानी भएको बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिटमा भइरहेको सुनुवाइ बोल्दै शाक्यले रिक्युजलविरुद्ध आदेश दिनु गलत भएको बताएका हुन् ।उनले भने, ‘संवैधानिक इजलासमा पठाउन उपयुक्त लागेमा प्रधानन्यायाधीशले जुनसुकै समयमा जहाँ पुगेको वा जहाँ दर्ता भएको भए पनि संवैधानिक इजलासमा पठाउन मिल्छ ।’ शाक्यले कामु प्रधानन्यायाधीशले पनि संवैधानिक इजलासको नेतृत्

शिल्पा शेट्टीले हालिन् २९ मिडियाविरुद्ध मानहानी मुद्दा, २५ करोड क्षतिपूर्ति दाबी

एजेन्सी।आफ्नो छवी बदनाम गरेको आरोप लगाउँदै बलिउड नायिका शिल्पा शेट्टीले २९ मिडिया संस्था तथा युट्युब च्यानलविरुद्ध मुम्बई उच्च अदालतमा मानहानी मुद्दा दायर गरेकी छन्।उनले ती मिडिया संस्था तथा युट्युब च्यानलसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन्।पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा गत २९ जुलाईमा पक्राउ परेपछि मिडियाले आफ्नो बदनाम गर्दै भ्रामक समाचार प्रकाशन गरेको उनको भनाइ छ।

शिल्पाले मिडिया विरुद्ध हालेको मुद्दामा उच्च अदालतले भन्यो – 'मानहानी भएको छैन'

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ । मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ । न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ । सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ । नायिका शिल्पा शेट्टीले २९ मिडिय

केआरकेविरुद्ध अदालतको मानहानी विरुद्ध मुद्धा चलाउन सलमानको माग

एजेन्सी। सलमान खान स्टारर फिल्म राधेःयोर मोस्ट वान्टेड भाईको रिभ्युका कारण चर्चामा आएका कमाल आर खान (केआरके)विरुद्ध अदालतमा मानीहानीका मुद्धा हालिसकेका सलमान खानले अदालतसमक्ष अर्को निवेदन पेश गरेका छन्। सलमानले अदालत तत्काल केआरकेविरुद्ध अदालतको अवहेलना मुद्धा चलाउन निवेदन गरेका हुन्। सलमानले केआरकेले टिप्पणी नगर्ने वादा गरेपनि टिप्पणी गरिरहेकाले अदालतको मानहानी मुद्धा चलाउन निवेदन गरेका हुन्।

आइएमएले बाबा रामदेवविरुद्ध १६ अर्बको मानहानी मुद्दा दायर गर्ने

एजेन्सी। भारतको उत्तराखण्डस्थित इण्डियन मेडिकल एसोसिएसन (आइएमए)को युनिटले बाबा रामदेवले १५ दिनभित्र माफी नमागे १० अर्ब भारतीय रुपैयाँ (१६ अर्ब नेपाली रुपैयाँ)को मानहानी मुद्दा दायर गर्ने चेतावनी दिएको छ। रामदेवले एलोपेथी उपचार पद्धतिविरुद्ध अनावश्यक कुरा बोलेपछि आइएमएले सो चेतावनी दिएको हो। एलोपेथीविरुद्ध लेखिएका कुरा सामाजिक सञ्जालबाट हटाउन र माफी माग्न आइएमएले रामदेवलाई १५ दिनको समय दिएको छ।

मिटू : भारतमा एमजे अकबरलाई अदालतबाट झट्का, रमानीलाई मानहानी मुद्दामा सफाइ

भारतको राजधानी दिल्लीस्थित राउज एवेन्यू अदालतले पत्रकार प्रिया रमानीलाई मानहानी मुद्दामा सफाइ दिएको छ। उनीविरुद्ध भारतका पूर्व विदेश राज्य मन्त्री एमजे अकबरले मानहानीको मुद्दा दर्ता गराएका थिए। सन् २०१८ मा भारतमा मिटु मुभमेन्ट उत्कर्षमा रहेको बेला रमानीले अकबरमाथि यौन उत्पिडनको आरोप लगाएकी थिइन्।  अकबर पनि पत्रकारिता पेशामै संलग्न हुँदा आफूमाथि…