एजेन्सी। भारतको उत्तराखण्डस्थित इण्डियन मेडिकल एसोसिएसन (आइएमए)को युनिटले बाबा रामदेवले १५ दिनभित्र माफी नमागे १० अर्ब भारतीय रुपैयाँ (१६ अर्ब नेपाली रुपैयाँ)को मानहानी मुद्दा दायर गर्ने चेतावनी दिएको छ। रामदेवले एलोपेथी उपचार पद्धतिविरुद्ध अनावश्यक कुरा बोलेपछि आइएमएले सो चेतावनी दिएको हो। एलोपेथीविरुद्ध लेखिएका कुरा सामाजिक सञ्जालबाट हटाउन र माफी माग्न आइएमएले रामदेवलाई १५ दिनको समय दिएको छ।