काठमाडौं महानगरका उम्मेदवार मदनदान श्रेष्ठले गरे मतदान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्

सम्बन्धित सामग्री

काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले हाले भोट

काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले मतदान गरेका छन् ।

उम्मेदवार भण्डारीले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चन्द्र भण्डारीले जनजागृति माध्यमिक विधालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

उम्मेदवार शंकर भण्डारीले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् । भण्डारी तनुह–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् ।

काठमाडौं-८ मा जीवनराम भर्सेस विराजभक्त, दुवैले गरे मतदान

काठमाडौं : देशभर बिहानैबाट मतदान भइरहेको छ। उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्र पुगेर मत हालिरहेका छन्। काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवारहरुले पनि मत हालेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जीवनराम श्रेष्ठले स्वयम्भूमा रहेको मतदान केन्द्र पुगेर मत दिएका छन्। यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार विराजभक्त श्रेष्ठले पनि…

काठमाडौं क्षेत्र नं. ७ की उम्मेदवार मानुषीले गरिन् मतदान

काठमाडौं :  काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनतर्फकी उम्मेदवार मानुषी यमी भट्टराईले मतदान गरेकी छिन्।नरदेवीस्थित मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीका नेता मानुषी माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिह्न दिएर लडेकी हुन्। यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन्।

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गरे मतदान

काठमाडौं : भरतपुर महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन्।गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीले पनि मतदान गरिसकेका छन्।

काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाद्वारा मतदान

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार समीक्षा बास्काटाले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । यस्तै मेयर पदका उम्मेदवार एमालेका विद्या सुन्दर शाक्य र सिर्जना सिंहले पनि मतदान गरिसकेका छन् ।

काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा

काठमाडौ.– विवेकशील साझाबाट काठमाडौ. महानगर प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् । काठमाडौं वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गरेपछि निर्धक्क भएर मतदान गर्न महानगरबासीलाई अनुरोध गरेकी छन् । बास्कोटाले यसपटक राजधानी महानगरको नेतृत्व लिन आफू तयार रहेकोसमेत उल्लेख गरेकी छन् ।

भरतपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीले गरे मतदान

३० वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गरेका हुन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट […]