भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गरे मतदान

काठमाडौं : भरतपुर महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन्।गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीले पनि मतदान गरिसकेका छन्। 

सम्बन्धित सामग्री

भरतपुरमा ४५ हजार ७६२ मत गणना, रेनुले अग्रता बढाउँदै

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका […]

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार […]

भरतपुरमा रेनु दाहालसँग विजय सुवेदीले बनाए ६१ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।

जगन्नाथ पौडेल सत्ता गठबन्धनमाथि आक्रामक, झोला झोलामा पैसा बाँडेको आरोप

चितवन, २७ बैशाख । भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनमाथि गम्भीर आरोप लगाएका छन् । उनले मतदाता प्रभावित गर्न सत्ता गठबन्धनले झोला झोलामा पैसा बाँडेको आरोप लगाएका हुन् । आज (मंगलबार) भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सत्ता गठबन्धनले झोलाझोलामा ५ हजार, १० […]

देउवा र प्रचण्ड दैलोमै पुगेर फकाउँदा पनि निष्क्रिय बन्न तयार छैनन् जगन्नाथ पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् ।पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् । उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए । तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए । ‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, खनालले भने । पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् । यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् । कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

देउवाले फकाउँदा पनि सकारात्मक छैनन् जगन्नाथ पौडेल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् ।उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने सकारात्मक निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए ।

‘म चुनाव जित्छु, त्यही कारण गठबन्धनमा छट्पटी भा’छ’

‘म चुनाव जित्छु । तपाईंहरूले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । नभए किन उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?’

स्थानीय तह निर्वाचन: भरतपुरका कांग्रेस, जो 'भरत' बन्न तयार भएनन्

सत्तारूढ दलको चुनावी गठबन्धनको केन्द्र भरतपुर महानगरपालिकामा कांग्रेसबाट स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेल प्रमुख चुनौती बनेका छन् ।