काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा

काठमाडौ.– विवेकशील साझाबाट काठमाडौ. महानगर प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् । काठमाडौं वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गरेपछि निर्धक्क भएर मतदान गर्न महानगरबासीलाई अनुरोध गरेकी छन् । बास्कोटाले यसपटक राजधानी महानगरको नेतृत्व लिन आफू तयार रहेकोसमेत उल्लेख गरेकी छन् ।

सम्बन्धित सामग्री

हेलिकप्टर आउन नसकेपछि जोशीलाई पोखरा लगियो

३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । यसअघि हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो । ब्यास नगरपालिका-८ मा मतदान […]

काठमाडौं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

काठमाडौंका मेयर उम्मेदवारलाई गिज्याउने फोहोरकाे डङ्गुर (तस्वीरहरू)

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान देशभर जारी छ। काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित,  विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) लगायत चुनावी मैदानमा छन्। सबै उम्मेदवारले काठमाडौंलाई सुन्दर र व्यवस्थित बनाउने उद्घोष गरिरहेका छन्। तर काठमाडौंमा मेयरको उम्मेदवारहरूलाई गिज्याउने गरी फोहोरको डङ्गुर देखिन्छ। एमालेका मेयर उम्मेदवार स्थापितले बागबजारको पद्मकन्या क्याम्पसमा मतदान गरेका छन्। यही आसपास देखि

कामपा प्रमुखका प्रत्यासी सिर्जना सिंहद्वारा मतदान

काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहलेले मतदान गरेकी छन्। सिंहले काठमाडौँ महानगरपालिका-१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्। स्थानीय तह निर्वाचन अन्तर्गत सत्ता रुढ गठबन्धनको तर्फबाट सिंह मेयर उम्मेदवार बनेकी हुन्। उनी नेपाली काँग्रेसकी नेतृ हुन्।

कांग्रेसकी काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले हालिन् मत

मेयर उम्मेदवार सिंहले युवक मावि पकनाजोल केन्द्र पुगेर मतदान गरेकी हुन्

सम्भावनै सम्भावना छ, उत्साहित छु : चिरिबाबु महर्जन

३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् । महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् । ‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै […]

भरतपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीले गरे मतदान

३० वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गरेका हुन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट […]

काठमाडौँ मेयरका उम्मेदवार केशव स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

भोट खसालेपछि कमलको फूलजस्तै फुल्छु : केशव स्थापित

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित […]

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज चुनाव हुँदै

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज शुक्रबार मतदान हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको टक्करले पोखरामा मेयरको उम्मेदवार सर्वसम्मत गर्न नसकिएको हो । उम्मेदवारको टुंगो लगाउन […]