काठमाडौं, बैशाख ४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रम तयार गरेको छ । मन्त्रालयले तयार गरेको झण्डै ५० बुँदे नीति र कार्यक्रममा पुरानै प्रावधानहरूलाई निरन्तरता दिइएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम तयार गर्नुपर्ने प्रावधानअनुसार यो दस्ताबेज तयार पारिएको हो । […]