कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

दाङ - कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।