सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गरेको जनाएको छ। नगरपालिकाले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोगस्वरूप नगद एक हजार रुपियाँ भत्ता दिन सुरु गरेकोमा त्यसलाई वृद्धि गरी प्रतिपशु दुई हजार रुपियाँ पु-याएको छ।