पाँच सय पशुलाई सुत्केरी भत्ता

सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७५÷७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकको नयाँ निर्देशिका बारे छलफल सम्पन्न

काठमाडौं।नेपाली काँग्रेसले सुत्केरी भत्ता पाँच हजार पुर्‍याउने घोषणा गरेको छ।कात्तिक १६ गते भित्र सबै जिल्लामा निर्वाचन सामग्री पुर्‍याइने निर्वाचन आयोगले बताएको छ।हेटौंडामा नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्।निर्वाचनलाई लमजुङमा थप चार सय सुरक्षाकर्मीको माग भएको छ।राष्ट्र बैंकको नयाँ निर्देशिका बारे छलफल सम्पन्न भएको छ।

‘भैंसी सुत्केरी भत्ता’को प्रभाव: दूध उत्पादन करीब दोब्बरले बढ्यो

वैशाख ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भैंसी सुत्केरी हुँदा भत्ता दिन थालेपछि दुध उत्पादन दोब्बरले बढेको छ । नगरपालिकाले पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि ‘सुत्केरी भैंसी प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । किसान पशुपालनतर्फ आकर्षित भई पशु पालन बढाउँदा दुध उत्पादन दोब्बरले बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार किसानले पालेको भैंसी सुत्केरी हुँदा पहिलो बेतको सुत्केरी वापत ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँका दरले भैंसी सुत्केरी भत्ता दिँदै आएको छ । त्यसपति यहाँका किसान भैंसी पालनमा निकै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ५ का चन्द्रप्रसाद न्यौपानेले भैंसी सुत्केरी भत्ता लागु भएपछि नै भैंसी पालन शुरू गरेका हुन् । उनले अहिले फार्म नै स्थापना गरेर १७ ओटा भैँसी पालेका छन् । ‘नगरपालिकाले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा मलाई पनि आकर्षित गरेको हो’ न्यौपानेले भने । नगरपालिकाका अनुसार भैंसी सुत्केरी भत्ता लागु हुनपूर्व नगरपालिका भित्र कुल ४ हजार ७४७ भैंसी पालन गरिएका थिए । सो समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रिन्थे । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक छ । उत्पादितमध्ये १५ हजार लिटर नगरपालिका भित्रै र २५ हजार लिटर दुध काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान शुरू गरेपछि अहिले भैंसीको संख्या दोब्बरले बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाले जानकारी दिएको छ । शाखाका अनुसार अहिले नगरपालिकामा भैंसीको सँख्या ७ हजार ८५८ पुगेको छ ।भैंसी सुत्केरी भत्ता वितरण हुन थालेपछि नगरपालिकामा मुर्रा जातका भैंसीमा थप आकर्षण चुलिएको छ । भैंसीको सँख्यासँगै हाल दूध उत्पादन पनि बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाको तथ्यांक छ । तथ्यांक अनुसार हाल दैनिक ७० हजार लिटर दुध उत्पादन हुने गरेको छ । उक्त उत्पादनमध्ये ५० हजार लिटर काठमाडाँं उपत्यकामा आपूर्ति भइरहेको छ । ‘भैंसी सुत्केरी भत्ता अभियान सञ्चालन गरेपछि भैंसीको सँख्या झण्डै दोब्बरले बढेको छ’ नगर प्रमुख भीम न्यौपानेले भने, ‘दूध उत्पादन पनि दोब्बरको छ । हाम्रो अभियान किसानसँग प्रत्यक्ष जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ ।’ भैंसी सुत्केरी भत्ता कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बीमा गरेबापत लागेको प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकाले अहिले पनि भैंसीलाई खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपञ्छि शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैंसीको ५ लाख ७५ हजार रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ सुत्केरी भैंसी वापतको १२ लाख र आर्थिक वर्ष २०७७/०७८ मा ६४१ भैंसीवापतको १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । भैंसी सुत्केरी भएवापत भत्ता पाइने भएपछि गाई पालक किसान पनि भैंसी पालनतर्फ नै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ३ की विमला सापकोटाले गाई पालन गर्दै आएकी थिइन् । नगरपालिकाले भैंसी सुत्केरी भत्ता कार्यक्रम लागु गरेपछि ३ वर्षअघि उनले आफ्नो गोठमा एउटा भैंसी थपिन् । नगरपालिकाले ल्याएको अनुदानपछि भैंसी थपेर दूध विक्री गर्दै आएकी उनले घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च पनि धानिरहेकी छिन् । ‘भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु’ उनले भनिन्, ‘नगरपालिकाले दिएको  अनुदान, बीमा र सुत्केरी प्रोत्साहनकै कारण केही दिनमै अर्को भैंसी थप्ने योजनामा छु ।’ पनौती १२का यज्ञ खत्रीले यसअघि भैंसी पालन नगरेका होइनन् । तर, विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाएका कारण छाड्न बाध्य भएका थिए । पछिल्लो समय नगरपालिकाले भैंसीपालनमा दिइरहेको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले उनलाई पुनःव्यावसायिक भैंसीपालनमा आकर्षित गरेको छ । ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी सस्तैमा बेचेर भैंसी पालन नै छाडेको थिए’ उनले भने, ‘अहिले पुनःभैंसी पालनमै फर्किएको छु ।’ उनको गोठमा हाल ७ भैंसी छन् ।            ‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानको आत्मबल बढेको छ । ‘भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेको थियो’ पनौती १२की भावना थापाले भनिन्, ‘अब थप २ ओटा भैंसी थपेर पाडापाडी पनि हुर्काउने योजनामा छु ।’    न्गरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९मा हालसम्म  ९ सय भैंसी सुत्केरी भएवापतको भत्ता वितरण गरेको जानकारी दिएको छ । सोका लागि करिब ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाको भनाइ छ । रासस

किसानलाई 'पशु सुत्केरी भत्ता' दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्

कञ्चनपुरमा पुरुष पत्रकारलाई सुत्केरी भत्ता

२४ असोज, धनगढी । कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता दिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो । जनक्रान्ति दैनिकका सह-सम्पादक पहिलाद रानाले आइतबार नेपालीलाई सुत्केरी भत्ता वाफतको रकम हस्तान्तरण […]

पशु सुत्केरी भत्ता कार्यक्रममा किसान आकर्षित

संघीयतामा केही स्थानीय तहका काममा असल अभ्यासको छनक पाइन्छ । संघीय व्यवस्थामा नयाँ शिराबाट काम गर्न उनीहरू उद्यत पनि देखिएका छन् । ७ सय ५३ स्थानीय तहले नौलानौला अभ्यास गरिरहेको पनि पाइन्छ । सिन्धुलीको कमलामाई नगरपालिकाले भने पशु सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ ।

साढे चार सय सुत्केरीलाई प्रोत्साहन भत्ता

दाङ : तुलसीपुर उपमहानगरपालिकाले आठ सय ४४ जनाले सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षका माघसम्म उक्त भत्ता वितरण गरेको हो। मातृशिशु मृत्युदर कम गर्ने कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए। एक जना सुत्केरीलाई अस्पतालबाट ९०० र उपमहानगरपा...

गाईभैँसीलाई सुत्केरी भत्ता

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ ।   गत साउन र भदौमा ब्याएका ७५ वटा गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ । पशुपालक किसानलाई सुत्केरी भत्तास्वरूप पाँच सय रुपैयाँ दिइएको ...

एकैपटक २७ वटा गाईलाई दिइयो सुत्केरी भत्ता

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भक्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता दिइएको छ । यस वडामा य...

रत्ननगर नगरपालिकाले सुत्केरी गाइलाई ५ सय भत्ता दिने

२४ असार, चितवन । स्थानीय तहले चर्चा कमाउन र अरुभन्दा पृथक देखाउन विभिन्न फण्डाहरु गर्ने गरेको पाइन्छ । चितवनको रत्ननगर नगरपालिकाले पनि यस्तैं फण्डा सार्वजनिक गरेको छ । अब नगरपालिकाले सुत्केरी गाइलाई भत्ता दिने छ । नगरपालिकाले नगरभित्रका किसानले व्यावसायिक रुपमा पालेका सुत्केरी गाइलाई पोषण स्वरुप सुत्केरी भत्ता दिने भएको हो । …

पशुलाई सुत्केरी भत्ता पच्चीस सय

सल्यान । महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ।  सल्यानका पाँच किसानलाई आफूले...