काठमाडौं, ४ पुस । सिटिजन्स बैंक इन्टरनेशनलले ऐना युनिसेक्स सैलुनसँग सम्झौता गरेको छ । दुई कम्पनीबीच बैंकको कार्डवाहकलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको अनुसार सम्झौतापछि बैंकका कार्डवाहकले ऐना युनिसेक्स सैलुनको सेवा–सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड […]