नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौँ– पोखरास्थित चरक मेमोरियक होस्पिटलले स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ । अस्पतालले विज्ञप्ति जारी गरी नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट पाउने जनाएको हो । नेपाल बैंक लिमिटेड र अस्पतालबीच अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग […]

सम्बन्धित सामग्री

नेपाल बैंक–चरक मेमोरियल हस्पिटल सम्झौता

काठमाडौं (अस) । नेपाल बैंकले पोखरास्थित चरक मेमोरियल हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले  हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा छुट पाउनेछन् । सम्झौताबमोजिम बैंकमा कार्यरत कर्मचारीले  अस्पतालको विबिध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवामा १० प्रतिशतसम्म छुट हुनेछ । सम्झौतामा चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे ।

न्यूरो कार्डियो अस्पतालमा नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालमा उपचार गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता बमोजिम बैंकका कर्मचारीलाई अस्पतालको सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको हो । अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्त

नेपाल बैंक चरक मेमोरियल हस्पिटलबीच सम्झौता

नेपाल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालका सेवामा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको […]

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पताल बीच भएको सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ । गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।  उक्त कार्यक्रममा हस्पिटलका संचालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले चरक मेमोरियल हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गण्डकी प्रदेश अन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे । साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गरे।

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल बैंक र काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ ।बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकलाई आगन्तुक रिसोर्टका सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरिएको छ । बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको बताइएको छ ।सम्झौतामा […]

नेपाल बैंक–बी एन्ड बी हस्पिटल सम्झौता

कामाडौं (अस) । नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवामा १० प्रतिशत छुट दिइनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र हस्पिटलका सञ्चालक प्रा.डा.अशोककुमार बाँस्कोटाले हस्ताक्षर गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा विशेष स्थान बनाउन सफल बी एन्ड बी हस्पिटलसँग सहकार्य हुँदा ग्राहक, कर्मचारी दुवैले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, बी एन्ड बी हस्पिटलका डा. रिना श्रेष्ठ वैद्य, डा.सरोज वैद्य, डा.विवेक बाँस्कोटालगायत उपस्थित थिए ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बीएण्डबी हस्पिटलले उपचारमा छुट दिने

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष छुट दिने भएको छ । उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जानकारी दिएको छ ।बैंकका अनुसार सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको हो ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बीएन्डबीमा विशेष छुट

काठमाडौँ – नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई काठमाडौँको बिएन्डबी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइने भएको छ। नेपाल बैंक र बिएन्डबी अस्पतालबीच सोमबार भएको सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने […]