काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो […]