काठमाडौं । कोरोनाभाइरस कोभिड—१९ संक्रमण कारण अस्पतालमा बिरामीले भर्ना पाउन मुस्किल भएपछि थप नयाँ कदम चाल्नुपर्ने महसुस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट भाइरसको संक्रमण दर उच्च रहेकाले अहिलेको कदम पर्याप्त नभएको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण आर्यालले स्वीकारे ।कोरोना महामारी अब सरकारको सामूहिक उत्तरदायित्व बनेको मन्त्रालयको भनाइ छ । यसअघि मन्त्रालयले आउँदो असारको पहिलो सातासम्ममा दैनिक ११ हजार संक्रमि