काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो ।
काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत...