अर्घाखाँची दीगो विकास केन्द्रले हंसपुर स्वास्थ्य चौकीलाई अक्सिजन मशिन उपलब्ध गराएको छ ।
डा. जयबहादुर टण्डन र डा. मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्य चौकीलाई मशिन प्रदान गरेको हो ।
मशिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्य चौकीमा अक्सिजन मशिन नहुँदा मालारानी–६, ७ र ८ का वासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए । मशिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य श्वासप्रश्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताए ।
डा. टण्डन र डा. श्रे...