अक्सिजन वितरणको जिम्मा अब स्वास्थ्य मन्त्रालयको

३१ वैशाख, काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो । तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले […]

सम्बन्धित सामग्री

बतासलाई पोखरेलीको प्रश्न : अक्सिजन प्लान्ट खोइ ?

२२ पुस, पोखरा । कोभिड–१९ को दोस्रो लहरमा अन्यत्रजस्तै पोखराका अस्पतालहरु संक्रमितले भरिए । अक्सिजन अभावकै कारण संक्रमितको मृत्यु हुने अवस्था आएपछि व्यापारिक समूह बतास ग्रुपको बतास फाउन्डेनले घोषणा गर्‍यो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्ने । पोखरा रामघाटमा सेती नदी थुनेर ३५ वर्षसम्म ढुंगा, गिटी, बालुवा निकाल्न जिम्मा लिन खोजेको भन्दै बतास […]

रुकुम पूर्व जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

रुकुम (पूर्व) जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ । अक्सिजन अभाव पूर्ति गर्ने उद्देश्यले अस्पतालमै प्लान्ट जडान थालिएको हो । अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । टेन्डरमार्फत ७२ लाख रुपैयाँको लागतमा प्लान्ट जडान भइरहेको छ ।राप्ती सर्जिकल दाङले प्लान्ट जडानको जिम्मा लिएको छ । केही दिनमै जडान कार्य सम्पन्न हुने प्लान्ट जडानको प्राविधिक पक्षको जिम्मा पाएको प्रविधि इन्टरनेशनल आइएनसीका म्यानेजिङ डाइरेक्टर उमेशगोप

चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलिन्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्विड अक्सिजन सिलिन्डर १० हजार १५० केजी,  अक्सिजन टिप ७

खाडीका श्रमिकले पठाएको ५६० वटा सिलिन्डिर एनआरएनले लगायो मन्त्रीको जिम्मा

काठमाडौं । खाडी मुलुकमा कार्यरत श्रमिकले पठाएको ५६६ वटा अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।  सो सिलिन्डरहरू सुदूरपश्चिममा  १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा  ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले रातोपाटीलाई जानकारी दिए ।  नेपालमा अक्स

अक्सिजनको आपूर्ति र व्यवस्थापनबाट चार दिनमै हात झिक्यो सिसिएमसीले

सिसिएमसीले व्यवस्थापन गर्न सकेन : प्रा.डा. जागेश्वर गौतम प्रवक्ता, स्वास्थ्य मन्त्रालय मेडिकल अक्सिजन व्यवस्थापनको सहजीकरण स्वास्थ्यले नै गर्दै आएको थियो, पछिल्लो समय सिसिएमसीले जिम्मा लिए पनि उहाँहरूले सक्नु भएन । अस्पतालको नियमन...

अक्सिजन वितरणकाे जिम्मा स्वास्थ्य मन्त्रालयले लियाे

काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो । काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत...

आजदेखि अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयबाटै वितरण हुने

काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयले लिए पनि चार दिन पछि पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै जिम्मा दिएको छ । अक्सिजन सिलिण्डर वितरण प्रकृया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबार (आज) देखि मन्त्रालयबाटैनै वितरण हुने भन्दै सूचना जारी गरेको हो । सिसिएमसीले भने वैशाख २७ देखि २९ गते तीन दिनमा १७ हजार ३४१ अकि्सजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको थियो । अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।

आजबाट अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौं । काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो ।  बिहीबार मुख्य सचिवको नेतृत्त्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको...

स्वास्थ्य मन्त्रालयले अक्सिजन व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) अक्सिजन व्यवस्थापनको जिम्मा दिएको छ । अक्सिजन व्यवस्थापन तथा वितरणको जिम्मा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले सीसीएमसीलाई दिने निर्णय गरेको मन्त्रालयले जनाएको हो ।अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि देशभर उपचारका लागि अस्पताललाई अक्सिजन अपुग भएको गुनासो बढेपछि अक्सिजन व्यवस्थित गर्न सीसीएमसीलाई जिम्मा दिने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । शनिबार मात्रै अक्सिजन उद्योगहरुलाई पत्