दाङ – यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।
नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकील...