स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदर हुन नदिने उद्देश्यले स्याङ्जा सदरमुकाममा नमूना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचनमा अधिकतम बदर भएपछि जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षालगायत मतदान अभ्यासलाई जोड दिन नमूना मतदान गराएको […]