मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु-याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरुपमा बदर भएका छन् । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप ल