राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् । केन्द्रीय सदस्य मधुप्रस