कांग्रेस बैठकमा उठ्यो संघीयता र धर्मनिरपेक्षता खारेजी माग

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ। केन्द्रीय सदस्य भीम पराजुलीले बुधबारको बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । बैठकमा उनले भने– ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्,धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन्। यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा […]

सम्बन्धित सामग्री

धर्म निरपेक्षतामा दलित

केही दिनअघि यसै नागरिक दैनिकमा नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ तथा पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपाललाई अफाप सिद्ध भएको र यी तीनै कुरा खारेज गर्दै शाहवंशीय बेबी किङ स्थापित गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने कुराको वकालत गरेको पढियो । हुनत यी दुई विद्वान्हरूले भन्दैमा त्यस्तो परिवर्तन तत्काल नहोला, तर नेपाली कांगे्रसले पनि बेला बेलामा बेबी किङको कुरा गर्ने र त्यसमा एमाले र माओवादी पनि मौन बस्दा कतै राजतन्त्र त फर्किने होइन भन्ने शंका जाग्नु अन्यथा होइन ।