काँग्रेस बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् ।धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छ’, उनले भने,

सम्बन्धित सामग्री

धरानमा कानूनविपरीतका क्रियाकलाप हुँदा सरकार मूकदर्शक बन्यो : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

धर्मनिरपेक्षता खारेज गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ: शंकर भण्डारी

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता शब्द खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले मुलुकमा सनातनरुपमा मानिआएको धर्म संस्कृतिलाई मास्ने अभिप्रायले संविधानमा धर्मनिरपेक्षता लादिएको भन्दै उक्त शब्द हटाउनुपर्ने बताएका हुन् । उनले भने‘यो संविधानमा मेरो तीनवटा विषयमा गम्भीर […]

धर्म निरपेक्षतामा दलित

केही दिनअघि यसै नागरिक दैनिकमा नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ तथा पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपाललाई अफाप सिद्ध भएको र यी तीनै कुरा खारेज गर्दै शाहवंशीय बेबी किङ स्थापित गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने कुराको वकालत गरेको पढियो । हुनत यी दुई विद्वान्हरूले भन्दैमा त्यस्तो परिवर्तन तत्काल नहोला, तर नेपाली कांगे्रसले पनि बेला बेलामा बेबी किङको कुरा गर्ने र त्यसमा एमाले र माओवादी पनि मौन बस्दा कतै राजतन्त्र त फर्किने होइन भन्ने शंका जाग्नु अन्यथा होइन ।