ल्होछार नेपालमा विभिन्न जाति र समुदायहरूले फरक फरक समयमा मनाउँदै आएको एउटा पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सॉंस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको पाइन्छ । तर ल्होछार मान्ने जाति र समुदायहरूमा भने एकरूपता नभई फरक समय र नामले ल्होछार पर्व मनाउ‘दै आएका छन् । यही क्रममा गुरुङ जातिले पुस १५ गतेको दिन तमु ल्होछार मनाउँदछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन सोनाम ल्होछार मनाउ‘दछन् । उता हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्