उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुद