काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको बताएका छन् । उनले भनेका छन्, “जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा हो ।” ‘तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार÷ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।