काठमाडौं : आन्तरिक विवादले नेकपा एमाले पार्टी फुटको संघारमा पुगेपछि दोस्रो तहका नेताहरूले एकताको पहल थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई एक्ल्याएर जान खोजेपछि पार्टी विभाजनको संघारमा पुगेको हो।खनाल नेपालप्रति आक्रमक रुपमा प्रस्तुत भइरहेका ओली पछिल्लो समय दोस्रो तहका नेताहरूको दबावको कारण लचिलो बन्न बाध्य भएका छन्। यता, ओलीलाई सत्ताबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न हस्ताक्षर गरेका