खिम्ती जलविद्युत् हस्तान्तरणमा दुई वर्षदेखि अलमल

निजी क्षेत्रबाट सरकारमातहत आउन लागेको पहिलो जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणमा दुई वर्षदेखि अलमल भइरहेको छ । नर्वेको लगानी रहेको हिमाल पावर लिमिटेडले बनाएको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरण २७...

सम्बन्धित सामग्री

प्राधिकरणमा खिम्तीको स्वामित्व अलमलमै

खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत लिने प्रक्रियाले अझै पूर्णता पाएको छैन । कानुनी रूपमा २०७७ असार २७ गतेदेखि नै सो कम्पनीको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा आइसक्नुपर्ने थियो तर आयोजनाका प्रवद्र्धक र सरकारका प्रतिनिधिबीच घनीभूत छलफल हुन नसक्दा एक वर्षदेखि सो आयोजनामा सरकारको स्वामित्व स्थापित हुन पाएको छैन । आयोजनाको स्वामित्व लिनका लागि भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक कार्यदल पनि गठन गरेको थियो । कार्यदलले विभिन्न चरणमा भर्चुअल संवाद गरे पनि निचोड भने निकाल्न सकेको छैन । खिम्तीको प्रवद्र्धक कम्पनी हिमाल पावर कम्पनीमा नेपाली साझेदारका रूपमा बुटवल पावर कम्पनी र दुईवटा नर्वेका कम्पनी स्ट्याटक्राफ्ट र बीकेकेको स्वामित्व छ । मुख्य लागनीकर्ता विदेशमै रहेका र उनीहरू संवादका लागि भौतिक रूपमा उपस्थित हुन नसक्दा पनि कामले तीव्रता पाउन नसकेको कार्यदल संयोजक तथा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिनुभयो ।