घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रनको योगदान गरे । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुए