नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ सच्याउन माग गरेको छ । एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ ल्याइएको भन्दै आपत्ति जनाएका हुन् ।