प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् । एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ