२४ साउन, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रतिनिधि सभामा पेश भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ मा गम्भीर त्रुटिहरू रहेको बताएको छ । सोमबार विज्ञप्ति निकालेर एशोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले विधेयकमा गम्भीर त्रुटिहरू रहेको भन्दै सच्याउन माग गरेका छन् । विधेयकमा गरिएका कतिपय व्यवस्थाहरू नेपालको संविधान, मौजुदा केही कानुनहरू र अन्तर्राष्ट्रिय मापदण्डसँग बाँझिएको […]