नेपाल भेटेरिनरी एशोसिएसनले पशु प्राविधिकहरूलाई नियमन गर्न ल्याइएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को विरोध गरेको छ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले गत साउन २२ गते संसद्को प्रतिनिधि सभामा सो विधेयक पेस गरेकी थिइन् । अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएक