काठमाण्डौ – मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको हो ।
मलेसियामा रोजगारी गरिरहनुभएका सुरज सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ पर्नुभएको थियो । गएको अगस्टमा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्युदण्डको सजाय तोकिएको दूतावासले जन...