रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो ।बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए । अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए । मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka म्यानपावर