सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछोड्न गृहमन्त्रीको सर्कुलर

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको...

सम्बन्धित सामग्री

बरहथवा र बालकुमारीमा बेग्लै नीति : सिडिओ र डीएसपीलाई किन भएन कारवाही ?

काठमाडौं– गत पुस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो । दुईजनाको मृत्यु भयो, घाइतेहरु अस्पताल भर्ना भए । यो घटनामा सरकारले ललितपुरका सिडिओ र प्रहरी प्रमुख दुबैलाई फिर्ता बोलायो । फिल्डमा खटिएका डीएसपी, मन्त्रीका अंगरक्षक र ईपीएस कोरिया शाखाका निर्देशक निलम्बित नै भए । छानविन समिति, जाँचबुझ आयोग गठन भयो । […]

सर्लाही र बाँकेका सिडिओपछि प्रहरी प्रमुख पनि फेरिए

२५ असोज, काठमाडौं । धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौती देखिएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएका छन् । गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सिडिओ पठाएको थियो । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएका थिए । लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला […]

चितवनमा काँग्रसले रोक्यो मत गणना, तनहुँमा मतपेटीका संकलनमै समस्या बारामा भोली

काठमाडौं । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सकिए पनि मत गणना भने शुरू हुन सकेन । चितवन -२ मा नेपाली काँग्रेसले गणना हुन दिएको छैन । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । भने बारा- २ मा भोली मात्रै सर्वदलिय वैठक बसेर मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । चितवनमा नेपाली कांग्रेस, चितवनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी बारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताए पछि गणना रोकिएको हो । मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन सकिएको पनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लागेकाले भोली मात्रै मत गणना शुरू हुनेछ ।

एमाले महाधिवेशनको सुरक्षा : के भन्छन् चितवनका सिडिओ र एसपी ? (भिडियोसहित)

शम्भु दंगाल/गणेश दुलाल (चितवन)चितवनको स्थानीय प्रशासनले एमालेको १० औं महाधिवेशन लक्षित सुरक्षा तयारी थालेको छ । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका पदाधिकारीबीच महाधिवेशन लक्षित सुरक्षा रणनीति तय गर्ने बारेमा छलफल भएको छ ।मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनार र सौराहामा हुने एमाले महाधिवेशनमा व्यापक मात्रामा मानिसहरुको उपस्थिति हुने भएपछि सोहीअनुसार आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तथा सवारी व्यवस्थापन गर्नेबारे छलफल भएको हो ।  चितवनका

कञ्चनपुरका सिडिओ र प्रहरी प्रमुख फेरिए

भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न र प्रहरीको अनुसन्धानबारे पनि अनुसन्धान गर्न समिति गठन भएसँगै मन्त्रालयले सिडिओ कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।