शम्भु दंगाल/गणेश दुलाल (चितवन)चितवनको स्थानीय प्रशासनले एमालेको १० औं महाधिवेशन लक्षित सुरक्षा तयारी थालेको छ । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका पदाधिकारीबीच महाधिवेशन लक्षित सुरक्षा रणनीति तय गर्ने बारेमा छलफल भएको छ ।मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनार र सौराहामा हुने एमाले महाधिवेशनमा व्यापक मात्रामा मानिसहरुको उपस्थिति हुने भएपछि सोहीअनुसार आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तथा सवारी व्यवस्थापन गर्नेबारे छलफल भएको हो । चितवनका