कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबार दिउँसो ट्युनिसिया र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘डी’ अन्तर्गत हुने खेलमा ट्युनिसिया अपराजित रहँदै पहिलो जितको प्रतीक्षामा रहँदा अस्ट्रेलिया भने नकआउटको सम्भावना कायम राख्न निश्चित जितका लागि मैदानमा उत्रिँदैछ। ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्ध उत्साही छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास […]