पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।