निर्णायक खेलमा भारत र अस्ट्रेलिया भिड्दै

३ खेलको टी-२० सिरिजको निर्णायक खेलमा भारत र अस्ट्रेलिया आइतबार साँझ ७ः३० प्रतिस्पर्धा गर्दै छन्।सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थि

सम्बन्धित सामग्री

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । त्यस्तै, अस्ट्रेलियाले हालसम्म तीन पटक […]

आइसीसी यू–१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।

आइसीसी यू–१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।

तेस्रो टी-२० मा भिड्दै भारत-अस्ट्रेलिया

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज राति ७:१५ मा सुरु हुँदैछ। जारी सिरिजमा लगातार सुरुवाती दुई खेल जितेको भारत लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदान उत्रिँदा अस्ट्रेलिया भने पुनरागमनको प्रयासमा मैदानमा उत्रने छ। भारतले आजको खेल जितेमा अस्ट्रेलियाविरुद्धको लगातार तेस्रो टी-२० सिरिज जित्ने छ। भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध खेलेका […]

भारतसँग भिड्ने अस्ट्रेलियाका ७ जना खेलाडीसँग यसअघि विश्वकप जितेको अनुभव

नयाँ दिल्ली। एकदिवशीय विश्वकपको १३ औँ संस्करणको उपाधिका लागि आइतबार घरेलु टोली भारत र सर्वाधिक ५ पटकको विजेता अस्ट्रेलिया भिड्दै छन्। विश्वकपको फाइनलमा भारत १२ वर्षपछि र अस्ट्रेलिया ८ वर्षपछि भिड्न लागेको हो। संयोग के छ भने अन्तिम पटक फाइनल खेल्दा यी दुवै टोलीले विश्वकप जितेका थिए। अस्ट्रेलियन टोलीमा रहेका करिब आधा खेलाडीसँग यसअघि विश्वकप […]

विश्वकप फाइनल : आज भारत र अस्ट्रेलिया भिड्दै

रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्व विजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा आज एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन तेज हुनेछ । विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङगशालामा हुँदैछ ।

उपाधिको छिनोफानो हुने तीन मोड

३ मंसिर, अहमदावाद । भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आइतबार भिड्दै छन् । प्रतियोगिताकै दुई उत्कृष्ट टिम हुन्, उनीहरू । जहाँ भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट …

एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्मै छन् । भारतमा जारी विश्वकपको फाइनल आज दिउँसो २ १५ बजेबाट अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदैछ। विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले […]

टि २० क्रिकेट विश्वकप: फाइनल प्रवेशका लागि आज भारत र इङल्याण्ड भिड्दै

अष्ट्रेलियामा जारी टि २० क्रिकेट विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुदै छ । दोस्रो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार १:४५ बजे भारत र इंग्ल्यान्ड भिड्दै छन् । यो खेल मेलबर्नमा हुने छ ।भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाग प्रतिस्पर्धा गर्ने छ ।हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।  पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।  पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५३ रन, मोहम्मद रिजवानले ५७ रन तथा मोहम्मद ह्यारिसले ३० रन बनाए ।  न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो  । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन  । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो  । सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भएको थियो।  साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको थियो । अब भने पाकिस्तानले फाइनल मै स्थान पक्का गरेको छ । फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारतले इंग्ल्यान्डलाई पराजित गरेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

भारत अस्ट्रेलियासँग भिड्दै

भारत भ्रमणमा रहेको अस्ट्रेलियाले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा शुक्रबार नागपुरमा घरेलु टोलिविरुद्ध प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा २०९ रनको उच्च स्कोर चेज गर्दै ४ विकेटको जित निकालेको अस्ट्रेलिया लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा रहेको छ । घरेलु टोली भारत भने सिरिजमा रहिरहनका लगि अस्ट्रेलियालाई नागपुरमा पराजित […]