संक्रमण बढ्दै गर्दा अस्पताल र आइसोलेसन खाली

कोभिड–१९ को दोस्रो लहरमा असारमा घट्दै गएको संक्रमण साउन लागेपछि पुनः तिब्र गतिमा वृद्धि भएको छ। लमजुङमा सक्रिय संक्रमितको संख्या ६ सय ६३ पुगेको छ। संक्रमण दर बढ्दै गए पनि...

सम्बन्धित सामग्री

जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

दार्चुला– स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ। जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन राख्नुपर्ने बिरामीलाई मध्य […]

पुनः भरिन थाले कोभिड अस्पताल र आइसोलेसन

विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमित बिरामीले अस्पताल तथा आइसोलेसन कक्ष फेरि भरिन थालेका हुन् ।  जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘विगतमा शून्यमा झरेको कोभिड–१९ संक्रमण दर अहिले बढिरहेको छ,&rsq...

अक्सिजनसहित ३५ शय्याको आइसोलेसन

डोटी, (नेस) डोटीका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौंकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेसन (कोरोना अस्पताल) कक्ष निर्माण गर्ने कार्यको शुरुआत गरेको छ । कोभिड–१९ को दोस्रो चरणको संक्रमण ले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माणको प्रक्रिया शुरु गरेको हो । गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको […]

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।...

पाँच दिनमै भरियो आइसोलेसन केन्द्र, अधिकांशलाई चाहिन्छ अक्सिजन सपोर्ट

२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्‍याइयो । अस्पताल ल्याइपुर्‍याउँदा अक्सिजन […]

डोटीमा १२ शय्याको आइसोलेसन स्थापना

जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्...

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।  नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईसीयू र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शय्याको आईसीयु तथा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर ...