विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन फेरि पुनः भरिन थालेका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।
संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमित बिरामीले अस्पताल तथा आइसोलेसन कक्ष फेरि भरिन थालेका हुन् ।
जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘विगतमा शून्यमा झरेको कोभिड–१९ संक्रमण दर अहिले बढिरहेको छ,&rsq...