ओलीको इनिङ सकिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं इनिङ सुरू गरेका छन्। घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनी माथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ— आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन्।