नामी छन्दकवि लालगोपाल सुवेदीको उन्नाइसौं कृति नौलो भयो मेरानिम्ति, ‘अनि प्रतीत्य समुत्पाद’ ! उपनाम पनि रहेछ, ‘शून्य, शून्य महाशून्य’ । बुद्धदर्शन मुखरित कृति दिएर उनले मलाई राम्रै ‘होमवर्क’ दिए । मैले मास्क नै लगाएर धूलैधूलोमा पुरिएका कतिपय पुस्तक खोतलखातल गरें अनि इन्टरनेटमा भेटिएका कैयौं किताब पढें । रिन्पोछेहरूका अनेकन् अडियो–भिडियो सुनें/हेरें । आखिर के हो त प्रतीत्य समुत्पाद ?